×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब कम्पनी दर्ता गर्न सरकारी कार्यालय धाउनु नपर्ने, सबै काम अनलाइनबाटै ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब कम्पनी दर्ता गर्न सरकारी कार्यालय धाउनु नपर्ने, सबै काम अनलाइनबाटै ! 

Artha Sarokar

२१ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अबदेखि कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रुपमा कार्यान्वयमा ल्याएसँगै अब कम्पनी दर्ता सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएको हो । 

यतिसम्म कि यो प्रणाली (कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली) को प्रयोग गरेर कम्पनी दर्ता मात्र होइन, खारेजीसम्मका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने भएको छ ।

योसँगै अब कम्पनी दर्ता तथा खारेजीका लागि सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । यो प्रणालीमार्फत कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदन प्रणालीबाटै स्वचालित रुपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम, स्वीकृति र कम्पनी दर्ताका निवेदन एक तहबाट टुँगो लगाउने व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

प्रणाली कार्यान्वयनमा ल्याएसँगै अब कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामका लागि भौतिक रुपमा कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने र सेवा सहज हुने मन्त्रालयको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी