×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा सांसद शिशिर खनालको प्रश्न- ‘सरकारले फरार जीबी राईलाई खोजिरहेको छ कि छैन ?’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रास्वपा सांसद शिशिर खनालको प्रश्न- ‘सरकारले फरार जीबी राईलाई खोजिरहेको छ कि छैन ?’ 

Artha Sarokar

२२ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकारले गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद खनालले यस्तो प्रश्न गरेका हुन् । 

सहकारी ठगीका नाइकेसमेत रहेका गोर्खा मिडियाका अध्यक्ष राई लामो समयदेखि फरार छन् । तर, सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका राई अझै पक्राउ परेका छैनन् । 

फरार रहेका राईको खोजीकार्यमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सांसद खालले राईको खोजीकार्य भइरहेको छ कि छैन भन्दै सरकारलाई संसद्बाटै प्रश्न गरेका छन् । 

त्यस्तै, उनले सहकारी संसदीय विषेश छानविन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले सकारले समितिको सिफारिस विपरित सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा समेत थपेको जिकिर गरेका छन् । 

अर्कोतर्फ सरकारले अझै एक जिल्लामा रवि लामिछानेविरुद्द मुद्दा दर्ता नगरी अल्झाइरहेको आरोप समेत लगाएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी