×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि 

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत जाने भएका छन् । उनी शुक्रबार बिहान ११ बजे उच्च अदालत पाटन जाने भएका हुन । 

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतले दिएको आदेश चित्त नबुझेको भन्दै उनी उच्च अदालत जाने भएका हुन् । 

लामिछानेले आज (शुक्रबार) उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्ने बताइएको छ । पुनरावेदन निवेदन दर्ता गर्नकै लागि रवि ११ बजे उच्च अदालत पाटन जाँदैछन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अपचलन मुद्दामा जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी