×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज, अब लाइसेन्सको प्रक्रिया अघि बढ्ने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज, अब लाइसेन्सको प्रक्रिया अघि बढ्ने !  

Artha Sarokar

१३ चैत्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । 

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै अधिवक्ता कृष्णबहादुर थापा लगायतले माघ ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिटमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रियामा नीतिगत त्रुटि भएको उल्लेख गरिएको थियो । सोही कारण नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने मागसहित अदालतमा रिट दायर गरिएको थियो । तर, अदालतले भने उक्त रिट नै खारेज गरिदिएको छ । 

अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेसँगै स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने बाटो खुला भएको छ । योसँगै अब नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी