काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
उनी यसअघि महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा चुनाव लडेका र हारेका व्यक्ति हुन् । चुनावमा हारेका व्यक्तिलाई महासंघका अध्यक्ष ढकालले कोषाध्यक्ष बनाएका छन् । अब उनले महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नेछन् ।
चुनाव हारे पनि महासंघका अध्यक्ष चन्द्र ढकालले उनलाई कार्यसमिति सदस्यमा मनोनित गरेको थिए । उपाध्यक्षमा चुनाव हारेका व्यक्ति कोषाध्यक्ष मनोनित भएपछि व्यवसायी र स्वयम् महासंघ भित्रैका सदस्यले पनि सो कार्यको खिसिट्युरी गरेका छन् ।
तर, महासंघका अध्यक्ष चन्द्र ढकालले भने महासंघधको विधानअनुसार ३ कार्यकाल केन्द्रीय सदस्य भए अनुसार आचार्यलाई कोषाध्यक्ष मनोनित गरिएको बताएका छन् । यसअघि महासंघको कोषाध्यक्ष निरक केसी थिए । उनको सदस्यको १८ महिने कार्यकाल सकिएपछि आचार्यलाई कोषाध्यक्षमा मनोनित गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्