×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ऋण नतिर्ने ऋणीको सम्पत्ति सरकारले जफत गर्ने, समस्याग्रस्त सहकारीमा प्रहरी राखिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारीको ऋण नतिर्ने ऋणीको सम्पत्ति सरकारले जफत गर्ने, समस्याग्रस्त सहकारीमा प्रहरी राखिने ! 

Artha Sarokar

५ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्ने ऋणीको सम्पत्ति सरकारले नियन्त्रणमा लिने बताएका छन् । 

उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ मा सहकारी संस्थाबाट ऋण लिने तर नतिर्ने र तिर्नुपर्दैन भन्दै हिँड्नेको सम्पत्ति सरकारले नियन्त्रणमा लिएर असुल गर्ने व्यवस्था गरिएको बताएका हुन् । 

हाल समस्याग्रस्त सहकारीको सम्पत्ति पनि सरकारले नियन्त्रणमा लिएर छानविन सुरु गरेको मन्त्री अधिकारीको भनाई छ । उनले समस्याग्रस्त सहकारीको सुरक्षाका लागि प्रहरी राख्ने व्यवस्था विधेयकमा गरिएको पनि बताएका छन् । 

अन्य विषय भन्दा हाल सहकारीको विषय जनतासँग प्रत्यक्ष जोडिएकाले पनि यसमा सांसदहरुको चासो धेरै देखिएको मन्त्री अधिकारीले बताएका छन् । साथै सहकारीको समस्या समाधान गर्न पनि सरकार लागि परेको उनको भनाई छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी