काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले नेपालमा लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएर भारत र निजी क्षेत्रले बनाएको बताएका छन् ।
‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’, उर्जामन्त्री खड्काले भने, ‘त्यसैले उज्यालोको नायक उहाँ होइन, बरु भारत र निजी क्षेत्रलाई धन्यवाद दिऊँ ।’
त्यस्तै, मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उद्योगमा काटेको लाइन घरमा दिएर लोडसेडिङको अन्त्य भएको भन्दै हल्ला फैलाएको आरोप लगाएका छन् । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७ सय मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरेका छन् । हाल ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको उनको भनाई छ ।
प्राधिकरण नाफामा गएको भनिए पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा प्राधिकरण दुई खर्ब रुपैयाँ भन्दा बढी घाटामा देखिएको उर्जामन्त्रीले उल्लेख गरेका छन् । त्यस्तै, उनले प्राधिकरण नाफा रहको दाबीमा कुनै सत्यता नभएको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्