Skip to content
LAXMI SUNRISE BANK

नक्कली लाइसेन्स वितरण गर्ने यातायात कार्यालयका ४ कर्मचारी पक्राउ, कमाउँथे मासिक ३ करोड !

अर्थ सरोकार

काठमाडौँ । नक्कली सवारी लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको आरोपमा ४ जना पक्राउ परेका छन् । बाँके यातायात कार्यालय नेपालगञ्जमा कार्यरत चार जना कर्मचारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कम्प्युटर अपरेटर शक्ति ठाकुर, घरेलु तथा साना उद्योग कार्यालयका सहायक कम्प्युटर अपरेटर मनोज गिरी, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन् । 

नक्कली लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् । 

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । अख्तियारले उनीहरुले कार्यालयमा प्रयोग गर्ने विद्युतीय उपकरणसमेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले जानकारी दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK