×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने, २ वर्ष नेपाल छिर्न नदिइने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुलमानको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने, २ वर्ष नेपाल छिर्न नदिइने !  

Artha Sarokar

२ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा कुलमान घिसिङ र राजाको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने भएको छ । अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई देश निकाला गरिने भएको हो । 

उनी गत चैत १४ गते काठमाडौँको माइतीघरबाट पक्राउ परेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुलमानको समर्थनमा आयोजना गरेको प्रदर्शनमा उनले ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ भन्ने प्लेकार्ड लिएर नारासमेत लगाएका थिए । कुलमानसँगै उनले सो प्रदर्शनमा राजाको पक्षमा पनि नारा लगाएका थिए । 

प्रदर्शनस्थलबाट पक्राउ परेका ब्लिसलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको थियो । उनीमाथि अनुसन्धान गरेर विभागले उनलाई देश निकाला गर्ने निर्णय गरी सोही अनुसार प्रक्रिया अघि बढाएको छ । देश निकालासँगै उनलाई आगामी दुई वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । यद्यपि उनले बयानमा आफू राजनीतिक कार्यक्रममा सहभागी हुन त्यहाँ नपुगेको बरु कसैले प्लेकार्ड दिएर त्यहाँ पुगेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी