×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापाले भने, ‘कीर्तिपुर मात्र होइन, अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिन्छ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गगन थापाले भने, ‘कीर्तिपुर मात्र होइन, अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिन्छ’ 

Artha Sarokar

२४ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर लाखौँ कमाउन सकिने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

उनले कीर्तिपुरजस्ता अन्य थुप्रै डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति रहेको बताएका छन् । 

डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति बनाउने आफूहरुसँग पोटेन्सियल भएको भन्दै त्यसका लागि सबैले सोच्नुपर्ने बताएका छन् । उनले केही क्षेत्रमा सो स्थिति निर्माणका लागि काम सुरु भइसकेको पनि बताएका छन् । 

केही समयअघि महामन्त्री थापाले कीर्तिपुरको डाँडामा बसेर महिनामै लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने अभिव्यक्ति दिएका थिए । तर, त्यसबेला उनले दिएको सो अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । हाल महामन्त्री थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी