काठमाडौं । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लालले अरुण-३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् ।
मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।
दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्