×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो (विवरणसहित) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो (विवरणसहित) 

Artha Sarokar

७ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार खुद नाफा सामान्य बढेको छ । 

चैत मसान्तसम्म बैंकले १ अर्ब ६५ ६५ करोड २१ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा २.२४ प्रतिशत बढी हो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । इम्पेयरमेन्ट चार्ज घटेकै कारण बैंकको खुद नाफा सामान्य बढेको हो । यस अवधिमा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । 

ेइम्पेयरमेन्ट चार्ज घटेकै कारण नाफा सामान्य बढेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपीएस ९ रुपैयाँ २९ पैसाबाट घटेर ९ रुपैयाँ ०५ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको निष्क्रिय कर्जा ५.४९ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी