×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीको एक सहकारीमा चोरी, ८ लाख नगदसहित सीसीटिभी समेत गायब ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रुपन्देहीको एक सहकारीमा चोरी, ८ लाख नगदसहित सीसीटिभी समेत गायब ! 

Artha Sarokar

२४ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रुपन्देहीको एक सहकारीमा चोरी भएको छ । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको घोडाहा शाखामा चोरी भएको हो । 

गयराति सहकारीको झ्याल फोडेर अज्ञात व्यक्ति कार्यालयभित्र प्रवेश गरेर चोरी गरेको सहकारीले जनाएको छ । 

सहकारीका एक कर्मचारीका अनुसार सहकारीबाट ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको छ । त्यस्तै, सहकारीमा भएको सीसीटिभी क्यामेराको हार्डडिस्कसमेत चोरी भएको ती कर्मचारीले जनाएका छन् । 

हाल प्रहरीले उक्त सहकारीमा भएको चोरीको घटनामा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा केही व्यक्तिलाई शंकाको घेराभित्र राखेर उनीहरुको कल रेकर्ड तथा लोकेसन भेरिफाइ गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी