×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाबी भुक्तानीबारे चौतर्फी गुनासो बढेको सूर्यज्योतिको कार्यक्रममा पुगेर प्राधिकरण अध्यक्षले के भने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दाबी भुक्तानीबारे चौतर्फी गुनासो बढेको सूर्यज्योतिको कार्यक्रममा पुगेर प्राधिकरण अध्यक्षले के भने ?

Artha Sarokar

२५ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सुरु गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । 

उनले टर्म इन्स्योरेन्स सबैभन्दा प्रभावकारी बीमा भएको उल्लेख गरेका छन् । सबैभन्दा प्रभावकारी बीमा भएकाले पनि टर्म इन्स्योरेन्सलाई बीमा कम्पनीहरुले प्राथामिकता दिएर काम गर्नुपर्ने ओझाको भनाई छ । 

HIGHLIGHTSबीमा प्राधिकरणका अध्यक्ष ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, अध्यक्ष ओझाले सूर्यज्योतिले सुरुवात गरेका नयाँ सेवाको प्रशंसा गर्दै बीमा कम्पनीहरुले डिजिटल प्रणालीमार्फत सेवाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले टर्म इन्स्योरेन्सलाई ब्रान्च स्तरमा दिइने लक्ष्य समेट्न पनि आग्रह गरेका छन् । 

कार्यक्रममा अध्यक्ष ओझाले नयाँ सेवाको सुरुवात गरेकोमा सूर्यज्योतिलाई बधाई दिँदै सेवा तथा योजनाको सही कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी