×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति बिकास बैंकमा सिइओ ढकालको मनपरीको हद, दिनै नमिल्नेलाई करोडौंको सेयर कर्जा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति बिकास बैंकमा सिइओ ढकालको मनपरीको हद, दिनै नमिल्नेलाई करोडौंको सेयर कर्जा !

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । देशको सिष्टम यस्तो छ, कि बरु हिजोसम्म के एन ओ डब्लुलाई कनो भन्ने बिर्खे दाजुले माष्टर्स पास गरिसके, राष्ट्र बैंकमा एक थान गभर्नर नियुक्ति गर्न सरकारलाई सकस छ । राष्ट्र बैंकभित्र पनि कोहि गभर्नरको दौडमा छन्, कोहि आफ्नै हाकिममाथि गिद्देनजर राखेर विवादमा छन् । देशको महत्वपूर्ण निकाय आफैं विवादमा हुँदा देशभर मनपरी बढेको छ । कतिपय बैंकहरुले गरेको मनपरीलाई राष्ट्र बैंकले देखेर पनि नदेखेजस्तो गर्दा राम्रो काम गरिरहेका बैंकहरु पनि मर्कामा परिरहेका छन् । गलत गर्नेहरुलाई कारवाहीको डण्डा नचल्दा, देश अनुसारको भेष भनेजस्तै सहि गरिरहेकाहरु पनि गलत बाटोमा छन् ।
हिजो एनआईशि एशियाले गरेका कतिपय गलत काममा राष्ट्र बैंकले डण्डा नचलाउंदा आज धेरै बैंकहरु त्यहि गलत कामको सिको गरेर बिग्रिएका छन् । राष्ट्र बैंकमै भएको यौन दुर्व्यवहार प्रकरणमा दोषी माथि हुनुपर्ने जति कारवाही नहुँदा आज एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीहरुलाई इण्ट्रन देख्नै हुन्न, फ्लर्ट गर्ने दिमाग चलिहाल्छ । गलत काम गर्नेहरुलाई समयमै कारवाही नगर्दा आज नारायणी डेभलपमेन्ट बैंकको हालत खराब भएको छ । कर्णाली नहुँदासम्म चुप लागिरहने, र केहि सिप नलागेपछि टेकओभर गर्ने राष्ट्र बैंकको रणनीतिले बैंकिङ क्षेत्रप्रतिकै आम नागरिकको विश्वास धर्मराएको छ । र त दुर्गा प्रसाईंहरुले भन्ने मौका पाएका छन् । गभर्नर नियुक्ति काण्डमा राष्ट्र बैंकमाथि सरकारको हस्तक्षेप र स्वायत्त हुनुपर्ने नियामकको नाममा भईरहेको नाङ्गो नाच छताछुल्ल देखिएकै छ । राष्ट्र बैंकले गलत गर्नेहरुलाई समयमा नै कारवाही गरेर कर्णाली हुनबाट जोगाउनुपर्ने थियो, तर सकेसम्म भित्रभित्रै कुरा मिलाउने अनि जति मनपरी हुँदा पनि बेवास्ता गर्ने प्रवृतिले भोलि ज्योति बिकास बैंकहरु पनि कर्णाली पथमै त छैनन् ? भन्ने प्रश्न उब्जेको छ ।

अव प्रसङ्ग तिर लागौं ।
नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त संस्थामध्ये एउटा छ ज्योति बिकास बैंक । कहिले योग्यता नै नपुगेकालाई सीइओ बनाउँछ, कहिले कुनै कम्पनीको पैसा नतिरेर बदनाम भएकालाई बैंकको जिम्मा दिन्छ । ज्योति बिकास बैंक त्यहि बैंकको जसले कहिले चलनचल्तीको मूल्य भन्दा महँगो मूल्यमा जग्गा किनेर सेयरधनीको पेटमा लात हान्छ, ज्योति बिकास बैंक त्यहि हो, जहाँ कहिले नक्कली डलर भेटिन्छ, कहिले ज्योतिकै कारण पीडामा परियो भनेर ऋणी मिडियाको हार गुहारसम्म पुग्ने स्थिति बन्छ । हो, त्यहि ज्योति बिकास बैंक हो, जो दिनै नमिल्ने व्यक्तिलाई सेयर धितो कर्जा दिन्छ, अरु काण्ड त कति हो कति, र पनि आफ्नै पाराले चलिरहन्छ, ज्योति बिकास बैंक । सकेसम्म राष्ट्र बैंक ज्योति बिकास बैंकका कमजोरी हेर्दैन थियो, तर यसपाली राष्ट्र बैंकले ज्योति बिकास बैंकलाई कारवाही किन नगर्ने भनेर स्पष्टिकरणसम्म सोध्न भ्याएको छ । सायद मनपरीले हद नाघेर होला, ज्योति बिकास बैंकभित्रको बेथितिमा राष्ट्र बैंकको नजर परेको छ ।

आम सर्वसाधारणलाई ऋण दिनुपर्दा अनेक कागजका ठेलीले नपुगेर, तनावको भारी बोकाउने ज्योति बिकास बैंकले दिनै नमिल्ने व्यक्तिलाई भने सेयर धितो कर्जा दिने गरेको पाइएको छ । प्रचलित कानुनअनुसार कुनै पनि बैंकले बैंकको २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका व्यक्तिहरुलाई राष्ट्र बैंकको स्वीकृतिबेगर कर्जा दिन पाउँदैनन्। तर, ज्योति बिकास बैंकले भने यसरी कर्जा दिनै नपाउनेहरुलाई खुलेआम कर्जा दिएको पाइएको छ । आफ्नो सिस्टममा सेयरधनीको विवरण नदेखाउने बनाउने, अनि नियम मिचेर खुरुखुरु कर्जा दिने गरेको भेटिएपछि राष्ट्र बैंकले ज्योति बिकास बैंकलाई किन कारवाही नगर्ने ? भन्दै स्पष्टिकरण सोधेको छ ।

बैंकको निश्चित पोर्टफोलियो भएका सेयरधनी भएपछि कर्जा लिन राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा ज्योतिले यस्तो नगरेर सुसाशनको धोती फुकाल्दा पनि राष्ट्र बैंकले चासो देखाएको थिएन । सायद अति भए खति हुन्छ भनेर थाहा भएर होला, यसपाली ज्योति निरमाया राष्ट्र बैंकको जालमा परेको छ । सफ्टवेरमा राख्नुपर्ने सिष्टम राखिएको छैन, आफुखुसी गर्न लुपहोलहरु प्रसस्तै राखिएको छ । यहि विषयमा ज्योतिलाई स्पष्टिकरण सोधिएको छ । प्रभावकारी सिस्टम नभएको कारण कर्जा नपाउनुपर्ने व्यक्तिले पनि कर्जा लिएको देखिएको तथ्य राष्ट्र बैंकको निरीक्षणका क्रममा फेला परेको छ । अव राष्ट्र बैंकले बैंकलाई कारवाही गर्छ वा जग्गा प्रकरणमा जस्तै बैंकसँगै मिलेर यो केस पनि सामसुम हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

ज्योतिको मनपरी यतिमा सिमित छैन । ज्योति बिकास बैंकमा निक्षेपको ब्याज घट्दा वा बढ्दा पनि सिष्टममा नदेखिदो रहेछ । तपाईंले पनि यो बैंकमा फिक्स्ड डिपोजिटमा पैसा राख्नुभएको छ भने, ख्याल गर्नुहोला । तपाईं पनि ठगीमा पर्नुभएको हुन सक्छ । अझ कतिपयलाई त ब्याज घट्दा पनि पूरानै ब्याज दिईएको रहेछ । तपाईं ज्योति बिकास बैंकको ऋणी हुनुहुन्छ भने त तपाईंले एक पटक होइन, ५ पटक स्टेटमेन्ट हेर्नुपर्ने भएको छ, कारण बैंकले कर्जा नवीकरण गर्दा पूरानै ब्याजदरमा गर्ने गरेकोसमेत पाइएको छ । यो स्वयम् राष्ट्र बैंकले फेला पारेको तथ्य हो । यतिसम्मकि खाता खोल्दा वा ऋण लिंदा पनि ऋणी वा बचतकर्ताको विवरण सहि रुपमा बैंकको सिष्टममा बस्दो रहेनछ । जसकारण बैंकका ऋणी र ग्राहक दुवै बैंकको झुर सेवाबाट हैरान भएका रहेछन् ।

यस्ता हदैसम्मका मनपरीका फेहरिस्त भेटिएपछि राष्ट्र बैंकले बैंकको संचालक समिति र सीइओ कपिल ढकाललाई स्पष्टिकरण सोधेको हो । बैंकले चित्तबुझ्दो जवाफ दिन नसकेमा बैंकलाई आर्थिक जर्वाना र सीइओ र संचालक समितिलाई सचेत गराउने वा आर्थिक जरिवाना गराउने तयारी बैंकको छ । यहि बुझेर होला सायद, आजकल राष्ट्र बैंकतिर ज्योतिका प्रतिनिधिहरुको आउजाउ बाक्लो छ ।

बिकास बैंकहरुमध्ये आफुलाई अब्बलको तेश्रो चौथो दाबी गर्ने ज्योतिमा सुशासनको धोती खुस्किएको यो पहिलोपटक पक्कै होइन । तर हरेक पटक राष्ट्र बैंक आफ्नै बारीको जिनिसजसरी संकेत गरेको देखिएको छ । यसपाली यस्तो नहोस् ।

अनि अव यति धेरै समस्या स्वयम् राष्ट्र बैंकले देख्दा पनि नदेख्ने सीइओ सापले नदेखेको कि देखेर पनि नदेखेझैं गरेर जवर्जस्ती गरेको ? कि राष्ट्र बैंक मेरै गोजीमा छ मलाई कसले छुने भन्ने घमण्ड हो सीइओ सापलाई । हिजो एनआईसी एशिया छोडेर ज्योतिलाई एनआईसी जस्तै बनाउँछु भनेर लागेका सीइओले कुशासनको पाठ मात्र पढेर त्यताबाट यता आएछन् कि क्या हो । कि चलेसम्म चलाउँछु नत्र बाटो लाग्छु भनेर लागेको हो ? हुन त हिजो पनि प्राइम कमर्सियल बैंकको अफर लेटर देखाएर सीइओ पड्काएकै हो, भन्ने अहमता हो ? यदी यस्तो हो भने यो सेयरधनी, ऋणी र बचतकर्तामाथि धोका हो, होइन भने सीइओले बैंक यतिसम्म सुशासनका मामलामा भ्रष्ट हुँदा आफ्नो स्ट्याण्ड लिनुपर्दैन ? यसको जिम्मेवारी लिनुपर्दैन ? कि हिजो हाम्रो बिकास बैंक चलाएजसरी नै ज्योति चलिहाल्छ नि भन्ने सोच हो ? बराल थरका भाईसाप र आफ्नो बाहेक बैंकको पनि केहि चिन्ता लिनेकि सीइओ साप ? यसै त सिएले सीइओ बनाएर बैंक बिगारे भन्नेहरु जुर्मुराएका बेला, ज्योति तपाईंकै पालामा सेकेन्ड कर्णाली भयो भने बैंकिङमा करियर बनाईरहेकाले के सिक्ने ? के बुझ्ने ? सोच्ने बेला भएन र ?

राष्ट्र बैंकले यसपाली ज्योतिमा कि सुशासनको ज्योति बालोस्, कि कुसासनमा रमाउनेहरुको धोती खुस्काएर नाङ्गेझार बनाओस् । किनकि ज्योति बिकास बैंक कसैको बिर्ता होइन, आम जनताको बैंक हो । संचालक समिति, नियामक र सीइओ सापलाई चेतना भया ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी