×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको छानविनमा परेका ‘सेयर खेलाडी’ चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्ष !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको छानविनमा परेका ‘सेयर खेलाडी’ चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्ष !

Artha Sarokar

१३ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्स्योरेन्सको संचालक हुँदा नियम विपरित सेयर कारोबार गरेको आरोपमा नियामक नेपाल धितोपत्र बोर्डको अनुसन्धानमा परेका चन्द्र सिंह साउद नेपाल इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका छन् ।

जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो ।

साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको रूपमा रहँदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

साथै, सोही बैठकले रिक्त रहेको सञ्चालक पदमा भने समता पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी