×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक आन्दोलनको प्रभाव: सामुदायिक विद्यालयमा विद्यार्थी घटे, बोर्डिङ स्कुलमा पैसा गन्न भ्याइ नभ्याइ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिक्षक आन्दोलनको प्रभाव: सामुदायिक विद्यालयमा विद्यार्थी घटे, बोर्डिङ स्कुलमा पैसा गन्न भ्याइ नभ्याइ !

Artha Sarokar

२८ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको पाइएको छ । नयाँ शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या झण्डै ५० प्रतिशतले घटेको पाइएको छ ।

१ महिना लामो शिक्षक आन्दोलनपछि खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या नै साह्रै न्यून रहेको स्वयम् सामुदायिक विद्यालयका शिक्षकहरु स्वीकार्छन् ।

शिक्षकहरुका अनुसार गत वर्षको तुलनामा यो वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या आधा कम छ । केही विद्यार्थी पढाईका लागि शहर हिँडेको र अधिकांश विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा र केहीले पढाई नै छोडेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको हो ।

यसो त सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण शिक्षक आन्दोलन भएको अभिभावकहरु बताउँछन् । धमाधाम विद्यार्थी भर्ना गर्नुपर्ने बेलामा शिक्षकहरु आन्दोलन गर्न राजधानी हिँडेपछि धेरै विद्यार्थी निजी विद्यालयमा भर्ना भएको अभिभावकको भनाई छ । ‘भर्ना गर्ने बेलामै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलन गर्न हिँडे । अब छोराछोरीको भविष्य त अन्योल पार्नु भएन नी, होइन ?’, अभिभावकले भने, ‘त्यही भएर निजी विद्यालयमा भर्ना गरियो । धेरैले यो वर्ष आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरेका छन् ।’

शिक्षक आन्दोलनबाट शिक्षकहरु फर्किएर विद्यालयमा पठनपाठन सुरु भए पनि विद्यार्थी संख्या साह्रै कम हुँदा शिक्षकहरु तनावमा परेका छन् । यता विद्यार्थी संख्या बढेपछि निजी विद्यालयका सञ्चालक र शिक्षकहरु भने खुसी भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी