×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था बिजोगः खराब कर्जा ह्वात्तै बढ्यो, नाफा र ईपीएस दुवै घट्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था बिजोगः खराब कर्जा ह्वात्तै बढ्यो, नाफा र ईपीएस दुवै घट्यो 

Artha Sarokar

१९ बैशाख २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका लघुवित्तको खुद नाफा ७०.८० प्रतिशतले घटेको हो । 

लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३२.९९ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढे पनि समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घटेको हो । 

यस अवधिमा लघुवित्तको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि लघुवित्तको इम्पेयरमेन्ट चार्ज पनि १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४२.२९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ७०.८१ प्रतिशतले घटेको छ । 

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा लघुवित्तको ईपीएस २७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ५२ पैसा कायम भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११८.८६ गुणा रहेको छ । त्यस्तै, १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी