काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएका रवि लामिछानेलाई भेट्न मिटरब्याज पीडित कारागारमै पुगेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले रविलाई कारागारमै भेटेको हो ।
रविलाई भेट्न भैरहवास्थित रुपन्देही जिल्ला कारागार पुगेका उनीहरुले सरकारले आफूहरुका समस्याप्रति बेवास्ता गरेको गुनासो गरेका थिए ।
रवि लामिछाने गृहमन्त्री हुँदा मिटरब्याज पीडितको समस्या समाधानका लागि गरिएका सम्झौता नयाँ सरकार गठनपछि कार्यान्वयन नभएको भन्दै उनीहरुले रविसँग गुनासो पोखेका थिए । उनीहरुले बरु अहिले उल्टै मिटरब्याज पीडितमाथि मुद्दा चलाउने काम भइरहेको पनि बताएका थिए ।
त्यस्तै, उनीहरुसँग रास्वपा सभापति समेत रहेका लामिछानेले अहिले आफैँ सरकारबाट पीडित भएको बताएका छन् । उनले अहिले आफू पनि न्यायका लागि लजाई लडिरहेको भन्दै मिटरब्याज पीडितलाई पनि धैर्य गर्न भनेका छन् । उनले मिटरब्याज पीडितलाई एक भएर अघि बढ्न हौसला दिँदै एकदिन अवश्य न्याय पाउने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्