×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर धितो कर्जाको जोखिम भार घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर धितो कर्जाको जोखिम भार घट्यो

Artha Sarokar

१२ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको हो ।

हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार छ । अब भने सबै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउने भएको छ ।

राष्ट्र बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको समीक्षा मार्फत जोखिम भार घटाएर १०० प्रतिशतमा झरेका हुन् ।

समीक्षामा सेयर कर्जाको जोखिम भार घटेर आएपपछि यतिबेला सेयर लगानीकर्ता उत्साहित छन् । अधिकांश लगानीकर्ताले यसलाई अबको बुलको अर्को प्रस्तान बिन्दुका रुपमा लिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी