काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजिनामा मागेको छ । मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै संसद्मा अवरोध गर्दै रास्वपाले गृहमन्त्रीको राजिनामा मागेको हो ।
संसद्मा बोल्दै रास्वपाका सांसद शिशिर खानलले गृहमन्त्रीको राजिनामा मागेका छन् ।
उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारी नभएर गृहमन्त्रीले नै घुस मागेको विषयमा सामान्य नभएको भन्दै तत्काल पदबाट राजिनामा दिन गृहमन्त्रीलाई आग्रहसमेत गरेका छन् । सँगै उनले गृहमन्त्रीमाथि छानबिन गर्न पनि सरकारसँग माग गरेका हुन् ।
उनले गृहमन्त्रीको राजिनामा र छानबिनको टुंगो नलाग्दासम्म संसद् चल्न नदिने बताएका छन् । संसद् सुरु भएलगत्तै रास्वपासहित प्रतिपक्ष दलले संसद्मा अवरोध गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्