×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ऋण नतिरेको भन्दै एमाले नेता अर्याल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारीको ऋण नतिरेको भन्दै एमाले नेता अर्याल पक्राउ

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ परेका छन् । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पटक पटक ताकेता गर्दा पनि आफुले लिएको ऋण नतिरेपछि उनीबिरुद्द सहकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०८० असार २७ मा रकम भुक्तानी गर्न आदेश समेत दिएको थियो । तर, अदालतको आदेश अटेर गरेर उनले सहकरीको ऋण रकम तिरेका थिएनन् । उक्त ऋण रकम नतिरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी