काठमाडौँ । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले र्याली निकालेका हुन् ।
व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ। यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: