काठमाडौँ । मितेरी सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका एकजना कम्बोडियामा पक्राउ परेका छन् । रेड कर्नर नोटिस जारी भएका ज्योति बहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका हुन् ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल फिर्ता ल्याउन हाल नेपाल प्रहरीको टोली कम्बोडिया जाने तयारीमा छ ।
यसो त भण्डारी केही महिनाअघि नै पक्राउ परेको बताइएको छ । तर, कम्बोडिया प्रहरी किन पक्राउ गर्यो ? भन्ने खुलाइएको थिएन । यद्यपि रेड कर्नर नोटिस जारी गरेर उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।
सहकारी ठगी प्रकरणका मुख्य आरोपित समेत रहेका भण्डारीले क्रिप्टोमा लगानी गर्ने भन्दै सहकारीबाट पैसा लगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको छ । उनलाई कम्बोडियाबाट नेपाल ल्याएर सीआईबीकै जिम्मा लगाइनेछ ।
प्रहरीले सोही सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसका सांसद एवम् उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो । सांसद् गुरुङसँग पनि प्रहरीले पटकपटक बयान लिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्