×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केदारनाथ शर्मासहित तीन जना ‘सहकारी ठग’ ठहर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केदारनाथ शर्मासहित तीन जना ‘सहकारी ठग’ ठहर !

Artha Sarokar

२१ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जिल्ला अदालत मोरङले तुलसी सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको हो ।

अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारणको लागि भने अर्को इजलासमा पेश गर्न आदेश दिएको छ । बिहीबार सजाय निर्धारणको लागि पेशी तोकिएको जिल्ला अदालतले जनाएको छ ।

२०७९ चैत १२ गते २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेको आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ । त्यस्तै, सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्मा भने फरार रहेकोले अहिलेलाई उनीहरुलाई मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी