×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सारथी केवल इन्डष्ट्रिज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासन सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सारथी केवल इन्डष्ट्रिज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासन सम्बन्धी सम्झौता

Artha Sarokar

८ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सारथी केवल इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रिजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । उक्त आईपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

आईपीओमार्फत संकलित रकमले कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र आल्मुनियम फर्नेन्स प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ । यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ ।

नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले मल्टीस्ट्रान्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल र एसीएसआर कन्डक्टरजस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ ।

१८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी