×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीका कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी, अब जेलको बास !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारीका कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी, अब जेलको बास !  

Artha Sarokar

३२ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीका कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-५ मा ऋण असुलीका लागि गएका साहारा नेपाल सहकारीका कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ । प्रहरीका अनुसार घटनाबारे प्रहरीमा परेको उजुरीका आधारमा दुई जना महिलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

पक्राउ पुर्जी जारी हुनेहरुमा दुर्गामाया लिम्बु र माया मगर रहेकी छिन् । दुवैजना ऋण असुलीका लागि पुगेका सहकारीका कर्मचारीलाई गालीगलौज गर्नुका साथै जुत्ताको माला लगाएर अभद्र व्यवहार गरेका थिए । उनीहरुले सहकारीका कर्मचारीलाई जुत्ताको माला लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सहकारीको मधुमल्ला सेवा केन्द्रका प्रमुख र फिल्ड मेनेजर कर्जाको विषयमा छलफल गर्न ऋणीको घरमा गएका बेला योजनाबद्ध रुपमा दुर्व्यवहार भएको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । हाल प्रहरीले उजुरी र पक्राउ पुर्जीका आधारमा आवश्यक कारबाही अघि बढाएको छ ।

ऋण असुलीका लागि पुगेका कर्मचारीलाई जुत्ताको माला लगाएका अभद्र व्यवहार गर्नु अमानवीय गतिविधि हुनुका साथै कानूनी रुपमा दण्डनीय कार्य रहेको पनि उजुरीमा उल्लेख छ । उजुरीमा दोषीमाथि अनुसन्धान गरी कारबाही गर्न पनि माग गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी