काठमाडौँ । काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।
कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका छन् ।
चोभार गल्छी आसपासका स्थानीयले हजारौं वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुंगा निकाल्दा अस्तित्व नै संकटमा पर्ने बताएका छन् । गल्छीसँगैको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत संकटमा पर्ने उनीहरूको तर्क छ । सम्पदा अभियन्ताहरूले यसको विरोध जनाएका छन् । अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँसेर विरोध गरेका छन् ।
गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो । चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने भएकाले यसलाई सफा गर्ने सरकारको योजना हो । तस्विरमा हेर्नुहोस् मञ्जुश्री गल्छी :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्