काठमाडौँ । समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकेता गरिएको छ । सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु सहकारीका ऋणीलाई बागमती प्रदेश सरकारले भदौ मसान्तभित्र कुनै हालतमा ऋण तिर्न ताकेता गरेको हो ।
प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सहकारीका ऋणीलाई ऋण तिर्न ताकेता गरेको हो ।
सो सूचना अनुसार समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ ३१ गतेभित्र सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न भनिएको छ । भदौ ३१ गतेभित्र पनि ऋण नतिरे साँवा, ब्याज र हर्जानासमेत गरी ऋण असुल गर्ने र थप कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
सरकारले सिभिल सहकारीलाई २०८० भदौ २१ गते, दर्शन सहकारीलाई २०८१ कात्तिक ११ गते, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु सहकारीलाई २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्