काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चेम्बरले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षण अन्तर्गत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाईन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए ।
वृहत स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य परिक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरेका थिए ।
महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यवसायिक गतिविधी समेत गर्दै अघी बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए ।
स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्यलाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए । साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्ने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्