काठमाडौँ । डिशहोमले ‘खुशीको बोनस-३६५ दिन नै बोनस !’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि यो योजना सार्वजनिक गरेको हो ।
यो अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरु हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुनेछन् । जसबाट कुल १४ जना भाग्यशाली विजेता छनौट हुनेछन् । विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक जडान गर्ने ग्राहक हुनेछन् । जसले ३६५ दिन अर्थात् १ वर्षको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् ।
यो योजना ग्राहकहरुसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरुको निरन्तर समर्थनप्रति कृतज्ञता प्रदान गर्न ल्याएको डिशहोमले जनाएको छ ।
विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको अधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा हुनेछ । शुक्रबार नभएमा आइतबार सााँझ ५ बजे गरिने कम्पनीले जनाएको छ ।
नयाँ इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ भने रिचार्जका लागि खल्ती, इसेवा वा माई डिशहोम एप प्रयोग गर्न सकिनेछ ।