×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी पीडितको मोटरसाइकल र्याली, भन्छन्- ‘बचत मागेर नदिए, खोसेर लिन्छौँ’  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारी पीडितको मोटरसाइकल र्याली, भन्छन्- ‘बचत मागेर नदिए, खोसेर लिन्छौँ’  

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको बचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ । बचतकर्ताको बचत फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलवार काठमाडौँमा मोटरसाइकल र्याली गरेको हो । 

महासंघले १६ समस्याग्रस्त सहकारीहरुको सूचि सहकारी नियमन प्राधिकरणमा बुझाएको छ । महासंघमा आबद्ध १६ वटा समस्याग्रस्त सहकारीहरुको सूची प्राधिकरणमा बुझाइएको अभियानका कोषाध्यक्ष देव श्रेष्ठले बताएका छन् । उनले सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आफूहरुले आन्दोलन जारी राखेको भएपनि राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् । 

त्यस्तै, उनले सहकारी पीडितको माग राज्यले नसुनेको र आन्दोलनकारीको शक्ति नपत्याएको भन्दै बचतकर्ताको बचत मागेर नभए, खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी भन्दै चेतावनी दिएका छन् ।

अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सहकारीहरूको नियमन र बचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनको लागि सरकारले ललितपुरको पुलचोकमा प्राधिकरण स्थापना गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी