×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर, ग्राहकहरुलाई आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसेलले ल्यायो ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर, ग्राहकहरुलाई आकर्षक छुट

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । कम्पनीले नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम यो अफर ल्याएको हो ।

यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरु उपयोग गर्न सकिने लगायतका सुविधाहरु पाउन सक्नेछन्  ।

ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विषेशता भएको कम्पनीले जनाएको छ । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको छ ।

बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन् । त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइने कम्पनीले जनाएको छ ।

यो मनसुन अफरमा ग्राहकहरुले बन्डलरकम्बो अफरको पनि फाइदा लिन सक्नेछन् । यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरुमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउनेछन् । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउनेछन् ।

“उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरुका साथ कम खर्चमा ग्राहकहरुलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ । साना, ठूला सबै व्यावसायहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरुको व्यवसाय बढाउन हाम्रा सेवाहरुले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले भने ।

यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरुले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्नेछन् ।

बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरुले बिज सधैं अन प्लानहरुमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी