×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर्स डेभलपमेन्ट फण्ड लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ । यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरु हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्धन गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी