×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा सुबिधामा छुट प्रदान गर्ने सम्झौता भएसँगै ग्राहकहरुले छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

एनआईसी एशिया बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी