×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापछि बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी