Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ । २७औं वर्ष पार गरी बैंक साउन ५ गतेबाट २८औं वर्षमा प्रवेश गरेको हो ।

२७ वर्षको यात्रा पछि यहाँ सम्म आइपुग्दा बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको बैंकले जनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ”बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकहरु, नियामक निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूलाई धन्यबाद दिएको छ ।

साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्ने बैंकले लक्ष्य लिएको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर रहेको एनआईसी एशियाले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK