Skip to content
LAXMI SUNRISE BANK

निभिक्स फर्मास्यूटिकल्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ सरोकार

काठमाडौँ । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, संचालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल, चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल को पनि सहभागिता रहेको थियो ।

वि.सं.२०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्सले २०८१/०९/०२ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हाल ५६ प्रकारका औषधिहरु उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले मुख्य रुपमा मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरुको उपचारमा प्रयोग हुने औषधिहरु उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरुमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK