काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा. लि. बीच छुट सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सौं घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।