×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तको १०औँ वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्रामीण विकास लघुवित्तको १०औँ वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

३१ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा असार २८ गते शनिबार बुटवलमा भौतिक तथा भर्चुअल/विद्युतीय माध्यम मार्फत सञ्चालक समितिका अध्यक्षमा भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा सम्पूर्ण सञ्चालक समितिका सदस्यहरु, नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि, संस्थाका सम्पूर्ण सेयरधनी बैंक वित्तीय संस्थाका प्रतिनिधि र अन्य सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

१०औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, उनले सेयरधनीहरुका लागि टिप्पणी, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्न समय प्रदान गरेकोमा भौतिक तथा भर्चुअल/विद्युतीय माध्यम मार्फत सेयरधनीहरुले रचनात्मक टिप्पणी, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका थिए ।

सेयरधनीहरुबाट आएका जिज्ञासा एवम् महत्वपूर्ण सुझावहरु उपर अध्यक्षको अनुमतिमा प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले जवाफ दिएका थिए । तत्पश्चात साधारणसभामा सहभागी सेयर सदस्यहरुबाट कुनै जिज्ञासा नआएको हुँदा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले साधरण सभामा छलफलका विषयसूचीहरु साधारण प्रस्ताव र विशेष प्रस्तावलाई निणायार्थ पेश गर्नु भएकोमा सर्बसम्मतिबाट उक्त प्रस्तावहरु पारित भएको थियो ।

यता, संस्थाको साधारणसभामा प्रवेश गर्न र आफ्नो बीचार राख्न पाइएन भन्ने खालका समाचार विभिन्न मिडियामा आएका थिए । तर, उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी