×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम र लेक साइड रिट्रिटबीच सम्झौता, ग्राहकहरुले भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिशहोम र लेक साइड रिट्रिटबीच सम्झौता, ग्राहकहरुले भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाउने

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ । जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन् ।

यो साझेदारीमार्फत ग्राहकहरूले आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।  यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ ।

पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आइएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि, अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन् ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:

-माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस् ।

-दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस् ।

– होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस् ।’

-लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनुहोस् ।

यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा भएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी