काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड कोष प्रबर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई गत असार १३ गते देखि २७ गतेसम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो ।
उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँट समितिको बैठकले तयार पारेको बाँडफाँट तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाडौँमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रबर्द्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङका प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको हो ।
यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधि भित्र आवश्यक भन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभर सब्सक्राइब भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह-लगानी रहेको छ । काठमाडौँ डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्