काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश दिएको हो ।
बुटलवको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि नै रूपन्देही कारागारमा छन् ।
लामो समय कारागारमै राखेपछि सहकारी ठगीमा आफू संलग्न नभएको तर बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको भन्दै रविले आफ्नो भागको बिगो बराबरको जमानत लिएर आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए ।
सोही निवेदनमाथिको सुनुवाइका क्रममा अदालतले रविलाई थुनामै पठाउन आदेश दिएको छ । रविविरुद्ध २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्