×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीलाई किड्स क्लिनिकमा छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीलाई किड्स क्लिनिकमा छुट

Artha Sarokar

६ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनि तथा कर्मचारीलाई किड्स क्लिनिकमा छुट हुने भएको छ । काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकको सेवामा बैंकका ग्राहकलाई छुट दिने सम्झौता सम्पन्न भएको हो ।

जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका)ले १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रबन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका हुन् ।

किड्स क्लिनिक बाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी