काठमाडौँ । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । कम्पनीले आधिकारिक रूपमा नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको हो ।
सो कार्डले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अब ”माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सुरुवाती चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन् । जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउने डिशहोमले जनाएको छ ।
सुरुवाती साझेदारहरू:

‘भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,’ डिशहोमका सीईओ तारा मानन्धरले भने ।
डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ । सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।