×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तीन वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराईज र्फस्ट म्युचुअल फण्ड र सनराईज फोकस्ड ईक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेका हुन् ।

योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि आषाढ मसान्तमा कायम रहेको खुद सम्पत्ति मूल्यको आधारमा लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराईज र्फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आषाढ मसान्तमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराईज र्फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराईज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको छ ।

साथै, खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरु लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराईज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय यस अघि भईसकेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी