काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको संचालकमा हरि कुमार सिलवालले नियुक्ती लिएपछि बैंकभित्र हंगामा भएको छ । स्वार्थको द्वन्द्व हुनेगरी बैंकको ऋणी संचालक हुन नपाउने कानुनी व्यवस्था विपरित उनले मन्त्रालयबाट नियुक्ती लिएको भन्दै उनको बैंकभित्रै विरोध भएको हो ।
बैंकका उच्च अधिकारी र अन्य संचालकले उनको अटो लोन नै सोही बैंकमा भएको र बैंककै भगीनी संस्था आरबिबि मर्चेन्ट बैंकिङको अडिटरसमेत रहेकाले उनको नियुक्ति गैरकानुनी भएको भन्दै उनको विरोध गरेका हुन् ।
आरबिबि क्यापिटलले पनि बैंकमा संचालक हुने भएपछि उनले लेखापरीक्षकबाट राजिनामा दिएको पुष्टि गरेको छ । उनले आज राजिनामा बुझाएर भदौ १ गते देखि नै लागू हुनेगरी आफू लेखापरीक्षकबाट बाहिरीएको बताएका छन् । अर्थात, उनले ब्याक डेटमा राजिनामा बुझाएका छन् । महालेखाका तर्फबाट उनी सो कम्पनीका लेखापरीक्षक थिए ।
अर्कोतर्फ, बैंक स्रोतका अनुसार उनको सोही बैंकमा अटो लोन छ । ऋणी सोही बैंकमा संचालक हुन नपाइने कानुनी व्यवस्था छ । तर, सबै कानुन छलेर उनलाई सरकारले नियुक्ती दिएपछि अहिले बैंकमा विवाद चुलिएको हो । बैंकभित्रै उनको नियुक्ती बदर हुनुपर्ने र सपथ रोकिनुपर्ने आवाज उठेपछि आज हुने तयारी गरिएको उनको सपथसमेत रोकिएको छ ।
यता सिलवालले भने यस विषयमा गैरजिम्मेवार जवाफ दिएका छन् । तपाईँको सोही बैंकमा ऋण छ भन्ने सुनियो नि, हो कि होइन ? भन्ने प्रश्नमा उनले आफ्नो ऋणबारे बैंकमै बुझ्न आग्रह गरे । आफ्नो ऋण छ कि छैन त तपाईँलाई पनि त थाहा होला नि ? भन्ने अर्को प्रश्नमा उनले पुन: आफ्नो ऋणबारे पनि बैंकमै सोध्न आग्रह गरे ।
कानुनमा त तपाईँको नियुक्ती गलत हुन्छ नि, होइन र ? भन्ने हाम्रो सोधनीपछि उनले आफू पारिवारिक माहोलमा रहेको र पछि कुरा गर्ने बताए । सिलवालको नियुक्तीपछि बैंककै उच्च पदस्त अधिकारी नै अख्तियार जाने भएका छन् ।
`राष्ट्रिय बाणिज्य बैंकको संचालक हुन जसले जे पनि गर्ने काम भयो । यौन दुर्व्यवहारमा दोषी अध्यक्ष भएर आउने, अडिटर / ऋणी संचालक भएर आउने, यो हदसम्मको मनपरी बन्द हुनुपर्छ । म आफैँ अख्तियार जान्छु । पछिल्लो समय बैंकमा जेजे भईरहेको छ, त्यसले बैंक बर्बाद हुने अवस्था आउन सक्छ ।´ ती अधिकारीले भने, `आजसम्म अडिटर रहेका व्यक्तिले १ गतेबाट राजिनामा भनेर कुन कानुनमा टेकेर बुझाउन मिल्छ ? मन्त्रालयमा सिभी बुझाउँदासम्म उनी लेखापरीक्षक नै थिए । यो सरकारलाई ढाँटेको भएन ?´
ती अधिकारीका अनुसार सिलवालको नियुक्ती तत्काल बदर नभए सरकारलाई ढाँटेर गैरकानुनी रुपमा नियुक्ती गरेको अभियोगमा बैंककै उच्च अधिकारीहरु अख्तियार जाने तयारीमा छन् भने संसदमा यो विषय उठाउन विपक्षी दलका सांसदहरुलाई सहयोग माग्ने तयारीसमेत छ । केही समयअघि मात्र पनि झुटो विवरण बुझाएर नियुक्ती लिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्