काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तको नाफा ६.३४ प्रतिशतले घटेको छ । यस अवधिमा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको लघुवित्तको खुद ब्याज आम्दानी ३१.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ७२.४३ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३४.११ प्रतिशत र सञ्चालन मुनाफा ११ प्रतिशत घटेको छ ।
यस अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १ रुपैयाँ ६० पैसा घटेर ९ रुपैयाँ ७९ पैसामा सीमित भएको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१.५८ गुणा रहेको छ । १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।