×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तको नाफा ह्वात्तै बढ्यो, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गणपति लघुवित्तको नाफा ह्वात्तै बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२० श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७९.५१ प्रतिशत बढी हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ८६.५७ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशत र सञ्चालन मुनाफा १६८.२७ प्रतिशत बढेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा लघुवित्तको ईपीएस १८ रुपैयाँ १ पैसाले बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ । यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा छ । त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ । १५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी