काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा दिइएको स्पष्ट पारेका छन् । लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि गृहमन्त्री लेखकले बताएका छन् । उनले विशेष सुविधा दिइएको भन्नेकुरा नभएको स्पष्ट पारेका छन् ।
‘…रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन ।’, उनले भने, ‘सानै भए पनि अलग्गै कोठामा राखिएको छ ।’
त्यस्तै, उनले कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने बताएका छन् । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको गृहमन्त्री लेखकको भनाई छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि गत चैत २५ गतेदेखि नै रूपन्देही कारागारमा छन् । लामो समय कारागारमै राखेपछि सहकारी ठगीमा आफू संलग्न नभएको तर बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको भन्दै रविले आफ्नो भागको बिगो बराबरको जमानत लिएर आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए ।
तर, सो निवेदनमाथिको सुनुवाइका क्रममा अदालतले रविलाई थुनामै पठाउन आदेश दिएको छ । रविविरुद्ध २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्